सिंहदरबारस्थित कार्यकक्षमै सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि हातपात !

सिंहदरबारस्थित कार्यकक्षमै सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि हातपात !


ग्लोब नेपाल
135
Shares

काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि कक्षमै हातपात भएको छ ।

बिहीबार सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा पुगेका जसपाका सांसद रामबाबु यादवले मन्त्री श्रेष्ठमाथि हातपात गरेका हुन्। सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्री श्रेष्ठमाथि हातपात गरेका हुन् । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए ।

सांसद यादवले कुराकानीका क्रममा आफूले सिफारिस गरेका योजनाहरू बजेटमा नपरेको भन्दै टेबल ठोक्नुका साथै पानीको बोतल मात्रै बजारेको बताए । ‘मेरो कुरा नसुनी उहाँ मात्र बोलेपछि मैले आफ्नो अगाडि भएको टेबल ठोकठाक गरेको हुँ’, उनले भने, ‘पानीको बोतल बजारेको हुँ ।’

जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए । श्रेष्ठ जसपाबाटै संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन् ।