संसदमा विनियोजन विधेयकमाथिको छलफल जारी

संसदमा विनियोजन विधेयकमाथिको छलफल जारी


ग्लोब नेपाल
297
Shares

काठमाडाैं । प्रतिनिधि सभाको आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ । आज परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, र गृह मन्त्रालयको विनियोजन विधेयक, २०७९ माथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

संघीय संसदको महासचिव डा. भरतराज गौतमका अनुसार आजको बैठकमा सांसद् प्रेम सुवालले विनियोजन विधेयक, २०७९ अन्तर्गत परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।

यस्तै सांसद् दुर्गा पौडेलले विनियोजन विधेयक, २०७९ अन्र्तगत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस् भनी खर्च कटौतीको प्रस्ताव गर्ने कार्यक्रम रहेकाे छ । यसैगरी सांसद् गोकर्ण विष्टले विनियोजन विधयेक, २०७९ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव गर्ने कार्यक्रम रहेकाे छ । सांसद् खगराज अधिकारीले विनियोजन विधेयक, २०७९ अन्तर्गत गृह मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।