शहरी विकासमन्त्री झाँक्रीले मागिन् बञ्चरेडाँडा र सिसडोलबासीसँग माफी

शहरी विकासमन्त्री झाँक्रीले मागिन् बञ्चरेडाँडा र सिसडोलबासीसँग माफी


ग्लोब नेपाल
432
Shares

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नुवाकोटस्थित सिसडोलबासीको भावनामा कुनै पनि चोट पुग्ने गतिविधि भएको भए आफुलाई माफी दिन आग्रह गरेकी छन् ।

विहिवार मन्त्रालयलमा फोहोर व्यवस्थापनबारे छलफल गर्न बोलाइएको छलफलमा स्थानीय आन्दोलनकर्ता, धुनवेँसी र ककनीका जनप्रतिनिधिका साथै सांसदहरू भूमि त्रिपाठी, नारायणप्रसाद खतिवडाले प्रहरी दमनको विरोध गरेका थिए । त्यसपछि मन्त्री झाँक्रीले भने अब त्यहाँ जबर्जस्ती नहुने बताइन् । उनले भनिन् ‘मेरो अभिव्यक्ति, मेरो भनाइप्रति कसैलाई चोट पुगेको छ भने क्षमाप्रार्थी छु ।’

सिसडोल र बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले अहिले फोहोरको समस्या मन्त्री झाँक्रीकै कारण आएको बताएका थिए। 

झाँक्रीले सहमतिको वातावरण बनाउन नसक्दा समस्या बढेको आरोप स्थानीयले लगाइरहँदा माफी मागेकी हुन्।