ककनीको विद्युत प्रसारण लाइनमा सन्की मान्छे चढेपछि ६० मेगावाटको आयोजना नै बन्द

ककनीको विद्युत प्रसारण लाइनमा सन्की मान्छे चढेपछि ६० मेगावाटको आयोजना नै बन्द


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्। शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्।

ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनी विद्युतीय तारमा पनि हिँडिरहेका छन्। उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक हुन् । उनका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको थियो। उनलाई अहिले पोलबाट झर्ने प्रयास भइरहेको छ।

उनी पोलमा चढ्दा ६० मेगावाटको त्रिशुली थ्री ‘ए’ आयोजना बन्द हुँदा काठमाडौंको विद्युत व्यवस्थापनमा समेत समस्या परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। करेन्ट लाग्नसक्ने आसंकामा विद्युत बन्द गरिएको हो।

प्राधिकरणका अनुसार त्रिशुली थ्री ए आयोजना बाट काठमाडौं ल्याइएको विद्युत २२० केभी लाइनको पोलमा ती व्यक्ति चढेका छन्। उनले पोलमा चढेर विद्युत लाइनहरु चलाइरहेका छन्। त्यस लाइनमा डबल सर्किट छ। एउटामा चार्ज छ र अर्कोमा छैन।

चार्ज नभएको सर्किटमा चाहि ती व्यक्ति छन्। ६० मेगावटाको प्लान्ट नै अहिले बन्द गरिएको प्राधिकरणले जनाएको छ। जसको कारणले काठमाडौंको विद्युत वयवस्थापनमा समस्या समेत आएको प्राधिकरणले बताएको हो।