माओवादी अस्तित्व रक्षाका लागि अर्को शक्तिसँग टाँसिनुपर्ने बाध्यतामा छ: शंकर पोखरेल

माओवादी अस्तित्व रक्षाका लागि अर्को शक्तिसँग टाँसिनुपर्ने बाध्यतामा छ: शंकर पोखरेल


ग्लोब नेपाल
756
Shares

काठमाडौं । काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले सिट संख्या बढी देखिए पनि जनमतमा ठूलै क्षति व्यहोरेको बताएका छन् ।

शनिबार ललितपुरमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यक्रममा महासचिव पोखरेलले माओवादी अब वामपन्थी शक्तिको रुपमा नरहेको समेत बताए । यो चुनावबाट नेकपा माओवादी केन्दलाई अत्यन्त ठूलो क्षति भएको छ । उसको सिट बढेको छ । तर जनमत उल्लेख्य रुपमा घटेको छ’ उनले भने, ‘०७४ सालको निर्वाचनमा उसले १७ प्रतिशत प्राप्त गरेको थियो । आज त्यो जनमत १३ प्रतिशत छ ।’

उनले माओवादी अब वामपन्थी शक्तिको रुपमा नरहेको समेत टिप्पणी गरे । ‘एउटा राजनीतिक शक्तिको भविष्यका लागि भन्ने हो भने, नेकपा माओवादी केन्द्र नेपालको वामपन्थी आन्दोलनका रूपमा रहेन,’ उनले भने,‘त्यो अलग शक्तिका रूपमा वामपन्थी आन्दोलनमा भूमिका खेल्न सक्दैन भन्ने यो स्थानीय तहको निर्वाचनको परिणामले प्रमाणित ग¥यो ।’

अब माओवादी केन्द्रका लागि नेपालको राजनीतिमा अस्तित्व रक्षाका लागि कुनै शक्तिसँग टाँस्सिनुपर्ने बाध्यता आइलागेको उनले बताए ।

सत्तारुढ गठबन्धनमा रहेका दललाई नेपाली कांग्रेसले उपयोग गरिरहेको पोखरेलले आरोप लगाए । माओवादीलगायतका दलले कांग्रेसले आफ्नो स्वार्थका लागि अरुलाई उपयोग गरिरहेको छ भन्ने बुझ्न नसकेको उनको भनाइ छ ।