जिसस रसुवामा एमाले र कांग्रेसको बराबरी मत, गोला तान्दा प्रमुख उपप्रमुखमा एमाले विजयी

जिसस रसुवामा एमाले र कांग्रेसको बराबरी मत, गोला तान्दा प्रमुख उपप्रमुखमा एमाले विजयी


ग्लोब नेपाल
175.4k
Shares

काठमाडौं । जिल्ला समन्वय रसुवाको प्रमुखमा नेकपा एमालेका अशोककुमार घिमिरे निर्वाचित भएका छन् ।

रसुवामा एमाले र कांग्रेसले समन्वयको लागी बराबर ५/५ मत रहेको थियो । का‌ग्रेस र एमालेका उम्मेदवारले समान मत प्राप्त गरेपछि गोला तान्दा गोला तान्दा प्रमुख उपप्रमुखसहित एमालेले ५ सदस्य तथा कांग्रेसले ४ सदस्य जितेको हो । समन्वय समितिमा एमाले र इतरको गठबन्धन बनेको थियो ।

घिमिरे उत्तरगया गाउँपालिकाबाट वडा सदस्य निर्वाचित भएका थिए । एमाले केन्द्रीय सल्लाहकार कमिटी सदस्य रहेका घिमिरे रसुवाको समन्वय प्रमुख बनेका हुन् । उपप्रमुखमा एमालेकै विजय तामाङले बाजी मारेका छन् । नौ सदस्यीय समन्वय समितिमा एमालेले ५ सिट जित निकालेको छ । एमालोबाट खुवाप्रसाद पौडेल, कामिछिरिङ तामाङ, वेसिरानी तामाङ विजयी भएका छन्।

त्यस्तै गोला तानेर कांग्रेसबाट चार जना सदस्य सविता गुरुङ, पार्वती विक, खिलबहादुर न्यौपाने, कार्पोक लामा निर्वाचित भएका छन् ।