प्रतिनिधि सभा बैठकः आजपनि विनियोजन विधेयकमाथि छलफल

प्रतिनिधि सभा बैठकः आजपनि विनियोजन विधेयकमाथि छलफल


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आजपनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै सांसद् प्रेम सुवालले “विनियोजन विधेयक, २०७९ अन्र्तगत शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सांसद् दुर्गा पौडेलले “विनियोजन विधेयक, २०७९ अन्र्तगत शहरी विकास मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सूची छ ।

यस्तै सांसद् कृष्णभक्त पोख्रेलले “विनियोजन विधेयक, २०७९ अन्र्तगत शहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् । सांसद् शेरबहादुर तामाङले “विनियोजन विधेयक, २०७९ अन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।