किन रिक्त भयो साढे २ वर्षदेखि प्रतिनिधि सभा उपसभामुखको पद ?

किन रिक्त भयो साढे २ वर्षदेखि प्रतिनिधि सभा उपसभामुखको पद ?


ग्लोब नेपाल
459
Shares

काठमाडौं । साढे २ वर्षदेखि प्रतिनिधिसभाको उपसभामुखको पद रिक्त रहेपनि राजनीतिक दलले उपसभामुख नियुक्तिका लागि चासो दिएका छैनन् । उपसभामुखको निर्वाचन गर्नेतर्फ सत्तागठबन्धनले चासो नदिएको भन्दै आलोचना पनि हुन थालेको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले २०७६ असोज १४ गते राजीनामा दिएपछि आफू सभामुख हुनुपर्ने भन्दै सभामुख पदको निर्वाचन अघि तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा दिएकी थिइन् । त्यसयता उपसभामुखको पद खाली रहेको छ । तत्कालिन सरकारको नेतृत्व गरेको नेकपाले तुम्बाहाङ्फेलाई मन्त्री बनाएर अग्नि सापकोटालाई सभामुख बनाएको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १ वर्ष पूरा हुन लाग्दा पनि उपसभामुख निर्वाचनको प्रक्रिया अघि बढेको छैन । सभामुख र उपसभामुख एउटै पार्टीबाट हुन नपाउने संवैधानिक व्यवस्था छ । संविधानविद्हरूले भने यसो गर्नु गलत भएको टिप्पणी गरेका छन् । उपसभामुख संवैधानिक परिषदमा समेत रहने व्यवस्था भएपनि उपसभामुख नभएका कारण संवैधानिक परिषदमा महिलाको उपस्थित समेत भएको छैन ।