काठमाडौं क्षेत्र नम्बर-१ बाट चुनाव लड्ने रमेश खरेलको घोषणा

काठमाडौं क्षेत्र नम्बर-१ बाट चुनाव लड्ने रमेश खरेलको घोषणा


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेका छन् ।

नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले काठमाडौं–१ बाट चुनाव लड्ने घोषणा गरेका हुन् । सामाजिक सञ्जालमार्फत नेपाल सुशासन पार्टीले ‘देशमा सुशासनको स्थापना तथा भ्रष्टाचारविरुद्धको यस अभियानमा सबैको साथ, सहयोग र माया रहिरहनेछ भन्दै अपेक्षा गरिएको’ जनाएको छ ।

यसअघि सामाजिक अभियान्ता पुकार बमले पनि यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अघिल्लो निर्वाचनमा यहाँ विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई पराजित गर्दै नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका थिए ।