१४० दिनपछि खुल्यो त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयको ताला

१४० दिनपछि खुल्यो त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयको ताला


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । झण्डै पाँच महिनाअघि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लागेको ताला आइतबार(आज)देखि खुलेको छ ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै गत वर्ष माघ ६ गते र त्रिवि आंशिक प्राध्यापकहरुले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए ।शुक्रबार नेविसंघले ताला खोलेको हो । भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले आइतबार(आज) ताला खोलेका हुन् । योसँगै करिब १४० दिन भन्दा बढी समयदेखि बन्द रहेको विश्वविद्यालयको प्रशासनिक कामहरु नियमित हुने भएको छ ।

त्रिवि आंशिक प्राध्यापकको ताला खोल्न आइतबार विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

हेर्नुहोस् त्रिभुवन विश्वविद्यालय र आंशिक प्राध्यापकबीच भएको सहमति: