जिसस मुगुकाे प्रमुख र उपप्रमुखमा कांग्रेस

जिसस मुगुकाे प्रमुख र उपप्रमुखमा कांग्रेस


ग्लोब नेपाल
108
Shares

मुगु । जिल्ला समन्वय समिति मुगुको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् । प्रमुख पदमा कांग्रेसका मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्विरोध भएका हुन् । 

सदस्य पदमा कांग्रेसका झमुरा रावल, दानबहादुर रावल, पञ्चकला नेपाली, सुन्तला मल्ल, सोनाम लामा, ध्रुव विक निर्विरोध भएका छन् । सदस्यमै माओवादी केन्द्रबाट कर्णप्रसाद माठागाई र एकीकृत समाजवादीबाट दानबहादुर रावल चयन भएको मुख्य निर्वाचन अधिकृतक पुण्यप्रसाद सापकोटाले बताए ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरी जिसस मुगुमा उम्मेदवारी दिएका थिए । तीनदलीय गठबन्धन जोगाउन कांग्रेसको भागमा प्रमुख, उपप्रमुखसहित पाँच जना सदस्य र माओवादी र समाववादीलाई एक-एक सदस्य भाग परेको कांग्रेस सभापति ऐनबहादुर शाहीले जानकारी दिए  ।