पार्टीसँग आबद्ध संगठनलाई देउवाले भने: यो एकलौटी सरकार होइन, धेरै माग नगर्नुस्

पार्टीसँग आबद्ध संगठनलाई देउवाले भने: यो एकलौटी सरकार होइन, धेरै माग नगर्नुस्


ग्लोब नेपाल
513
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार कांग्रेसको एकलौटी नभएकाले अनावश्यक माग नराख्न पार्टीसँग आबद्ध संघसंगठनहरूलाई आग्रह गरेका छन् ।

ट्रेड युनियन कांग्रेसको महाधिवेशनलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन सरकार भएकाले कांग्रेसले चाहेअनुसार मात्रै नहुने बताए । ‘यो कांग्रेसको एकलौटी सरकार होइन, नबुझिकन धेरै क्लेम गर्न भएन,’ देउवाले भने ।

ट्रेड युनियन कांग्रेसलगायत मुलुक अन्य ट्रेड युनियनहरूले श्रमिकको सुरक्षा र सुविधामा उठाउँदै आएको मागप्रति सरकार संवेदनशील रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । ती विषयलाई सम्बन्धित सबै पक्षसँग छलफल गरी क्रमिक रुपमा सम्बोधन गर्दै जानेमा उनले प्रतिवद्धता व्यक्त गरे ।

देउवाले बजेटमा निजी र अनौपचारिक क्षेत्रका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै लैजाने कुरा भएको बताए ।