एमाले सचिवालय बैठक सोमबार, केन्द्रीय कार्यालय बैठकले तय गर्‍यो एजेन्डा

एमाले सचिवालय बैठक सोमबार, केन्द्रीय कार्यालय बैठकले तय गर्‍यो एजेन्डा


ग्लोब नेपाल
999
Shares

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठकले सोमबार (भोली) बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकमा छलफल गर्ने तीन एजेण्डा तय गरेको छ ।

आईतबार (आज) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय चुनावको समीक्षा गर्ने लगायतका तीन एजेन्डा तय गरेको हो । कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षणका साथै समसामयिक विषयमा छलफल गर्ने गरी तीन एजेण्डा तय गरेको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए ।

सचिवालय बैठक सोमबार दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ।