मंसिर पहिलो साता प्रदेश र प्रतिनिधि सभाको चुनाव हुन्छ: प्रचण्ड

मंसिर पहिलो साता प्रदेश र प्रतिनिधि सभाको चुनाव हुन्छ: प्रचण्ड


ग्लोब नेपाल
513
Shares

बर्दिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुने बताएका छन् ।

बर्दियाको बेलभारमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले चुनाव एकै चरणमा सम्पन्न गर्नेबारे पनि गठवन्धनभित्र छलफल भइरहेको जानकारी दिए । दुई चरणमा गर्ने कि एक चरणमा भन्ने चाहिँ टुंगिन बाँकी रहेको उनको भनाइ छ । ‘चुनाव दुई चरणमा हुन्छ कि एक चरणमा भन्ने पनि छलफल छ । तर जसरी स्थानीय तहको निर्वाचन एकै चरणमा देशैभरी सम्पन्न गर्न सम्भव भयो त्योभन्दा त प्रदेश र संघको पनि सहज हुन्छ । त्यसकारण एकैचोटी गर्ने कि भन्ने पनि छलफल छ ।’

चुनावबारे कोही कन्फ्यूजन हुनु नपर्ने पनि प्रचण्डले बताए । उनले स्थानीय चुनाव सफल भएसँगै देशमा संघीयताको जरा मजबुत भएर गाडिएको दाबी गरे ।