तत्काल मल उपलब्ध गराउन माग गदै संसदमा एमालेको सार्वजनिक महत्वको प्रस्ताव

तत्काल मल उपलब्ध गराउन माग गदै संसदमा एमालेको सार्वजनिक महत्वको प्रस्ताव


ग्लोब नेपाल
756
Shares

काठमाडौ । संघिय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको नियमित कार्यक्रम स्थगन गरेर रासायनिक मल उपलब्ध गराउनेबारे छलफल गर्न माग गरेको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले हस्ताक्षर गरेर अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्ताव संसदमा पेश गर्दै उक्त प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् । उक्त छलफलका लागि संसद बैठकको कार्यक्रम स्थगित गर्न समेत एमाले माग गरेको छ ।

‘किसानलाई आवश्यक मलको व्यवस्था गर्न र दीर्घकालका लागि भण्डारणको समेत व्यवस्था गर्न आवश्यक भएकाले प्रतिनिधिसभामा छलफल गर्न बैठकको कार्यक्रम स्थगन गरियोस्’ भन्ने प्रस्ताव भट्टराईले राखेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावमाथि छलफल गर्नक लागि २ घण्टाको समय छुट्याएका छन् ।

प्रमुख सचेतक भट्टराईका अनुसार रासायनिक मलको उपलब्धताका लागि तत्काल जीटूजी विधिबाट भए पनि रासायनिक मल खरिद गरेर किसानलाई उपलब्ध गराउनु पर्ने माग गरेको छ ।