एमाले अध्यक्ष ओली र माओवादी नेता नारायणकाजीबीच भेटवार्ता, के भयो कुराकानी ?

एमाले अध्यक्ष ओली र माओवादी नेता नारायणकाजीबीच भेटवार्ता, के भयो कुराकानी ?


ग्लोब नेपाल
2.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच ओली निवास बालकोटमा अर्थपूर्ण भेटवार्ता भएको छ ।

वाम गठबन्धनको सम्भावनालाई एमाले र माओवादीको संस्थापनले अस्वीकार गरिरहेका बेला माओवादी नेता श्रेष्ठ आइतबार साझ बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका छन् । स्रोतका अनुसार झण्डै साढे २ घण्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको छ ।

अर्थपूर्ण यसकारण कि यो भेटलाई दुवै पक्षले सकेसम्म गोप्य राख्न खोजेका थिए । यतिसम्मकी दुवै पार्टीका संयन्त्रलाई पनि यसको जानकारी थिएन । दुई नेताबीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलन बारे छलफल भएको थियो । ‘

राष्ट्रियताको बारेमा इतिहासमा नभएको संकट देखा पर्यो देश कसरी बचाउने भन्ने बारेमा कुराकानी भएको स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘एमसीसी संसद विघटन, पार्टी विभाजनलगायतबारे छलफल भएको छ तर कुनै पनि विषयमा ठोस निष्कर्षमा पुग्न सकिएन ।’

नेता श्रेष्ठले पनि ओलीसँग आफ्नो भेट भएको पुष्टि गरे । तर भेटमा भएको कुराकानीबारे बताउन भने उनले चाहेनन् । श्रेष्ठले २ घण्टासम्म ओलीसँग वार्ता गरेको बारेमा सूचना थाहा पाएका माओवादीका नेताहरूले पनि चासो राखेका छन् ।

पछिल्लो समय भूराजनीतिक मामिलामा गठबन्धन सरकारले देखिने र बुझिनेगरी चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन दिएको र अमेरिकी सामरिक गतिबिधिमा नेपाललाई सामेल गराएकोमा श्रेष्ठले असन्तुष्टि जनाइरहेका छन् ।