एमाले सचिवालय बैठकमा घनश्यामलाई स्पष्टीकरण सोध्ने प्रस्तावले प्रवेश नै पाएन

एमाले सचिवालय बैठकमा घनश्यामलाई स्पष्टीकरण सोध्ने प्रस्तावले प्रवेश नै पाएन


ग्लोब नेपाल
486
Shares

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने अनुशासन आयोगको सिफारिसले सचिवालय बैठकमा प्रवेश नै पाएन।

सोमबार जारी सचिवालय बैठकमा स्थायी कमिटी सदस्य भुसालसँग स्पष्टीकरण सोध्नेसम्बन्धी अनुशासन आयोगको सिफारिसको बारेमा छलफल नै नभएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । सो विषयमा कुनै छलफल नभएको र एजेण्डा नै नरहेको उनले बताए । कतिपय नेताले भुसालमाथि कारबाहीको प्रोपोगाण्डा मिडिया खपतका लागिमात्र ल्याइएको भन्दै पार्टी बैठकमा त्यसले प्राथमिकता नपाउने बताएका छन् ।

जेठ १८ गते बसेको एमाले अनुशासन आयोगको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै भुसाललाई स्पष्टीकरण सोध्न सिफारिस गरेको थियो।

सचिवालय बैठकको एजेण्डा तय गर्न आइतबार बसेको एमाले केन्द्रीय कार्यालयको बैठकमा समेत स्पष्टीकरणबारे प्रस्ताव तयार पारिएको थिएन।