सरकारले बेलायतमा मासिक ४ लाख तलब पाउने गरी १० हजार नर्स पठाउने

सरकारले बेलायतमा मासिक ४ लाख तलब पाउने गरी १० हजार नर्स पठाउने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सरकारले मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी बेलायत रोजगारीका लागि नेपाली नागरिक पठाउने प्रक्रिया सुरु गरेको बताएको छ ।

सोमबार प्रतिनिधिसभामा आर्थिक बर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागेको बताए । मन्त्री श्रेष्ठले मासिक ४ लाख पाउने गरी बेलायतमा नर्सलाई पठाउन लागिएको जानकारी दिए । उनले जापान, कोरिया, न्युजिल्याण्ड लगायतका देशमा श्रमिक पठाउनका लागि समेत पहल भइरहेको बताए ।

सांसदहरुले मन्त्री श्रेष्ठलाई श्रमिकलाई बाँच्न पुग्ने न्युनतम ज्याला हुनुपर्ने, रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने, स्वरोजगार र विदेशमा गएकाहरुको सुरक्षा गर्नुपर्ने, वैदेशिक रोजगारी घटाउने योजना हुनुपर्ने, श्रम स्वीकृति सातै प्रदेशबाट हुनुपर्ने, सरकार(सरकार मार्फत विभिन्न देशहरुसँग श्रम सम्झौता गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

जवाफमा मन्त्री श्रेष्ठले सांसदहरुले उठाएका प्रत्येक प्रश्न र सुझाव अनुसार अगाडि बढ्न आफू प्रतिवद्ध रहेको बताए ।