विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले आज जवाफ दिने

विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले आज जवाफ दिने


ग्लोब नेपाल
135
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम आज पनि जारी रहने छ । सांसदहरूले उठाएका प्रश्नमाथि हिजोदेखि मन्त्रीहरूले जवाफ दिने क्रम सुरु भएको हो ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका मन्त्रीहरूले विनियोजन विधेयकका शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यसअघि, हिजो विधेयकमाथि छलफल रोकर मल अभावबारे जरुरी प्रस्ताव पारित गरिएको थियो ।