भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने

भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने


ग्लोब नेपाल
135
Shares

काठमाडौं । भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले हिजो सूचना जारी गर्दै सरकारी कार्यालय भोलिदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने जानकारी गराएको हो ।

शुक्रबार भने बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्नेछ । यसअघि सरकारले जेठ १ गतेदेखि लागु गरेको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको छ ।