लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा


ग्लोब नेपाल
5.8k
Shares

काठमाडौँ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वली पक्राउ परेकी छिन् । विवाहित प्रेमीको घरमा पुगेकी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार बिहान प्रेमी एकराज बस्नेतको तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डीमा रहेको घरमा पुगेकी राज्यमन्त्री वलीले श्रीमती र छोरीलाई दुर्व्यहार गरेपछि स्थानीयले घेरा हालेका थिए । बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनालगत्तै खबर पाएको प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको हो । दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले राज्यमन्त्रीलाई रेस्क्यू गरेको दाबी गरे ।

‘आज बिहान उहाँ (राज्यमन्त्री) जानु भएको रहेछ । त्यसपछि सामान्य विवाद भयो । वरिपरिका मान्छेहरुले घेरेपछि हामीले रेस्क्यू गरेर ल्याएका हौं । अहिले उहाँ हामीसँगै हुनुहुन्छ,’ उनले भने । उनी अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।