नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाउने सिक्किम सरकारको निर्णय

नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाउने सिक्किम सरकारको निर्णय


ग्लोब नेपाल
405
Shares

काठमाडौं । नेपाली चलचित्र (फिल्म) ‘कबड्डी ४’को प्रदर्शनमा भारतको सिक्किम प्रदेश सरकारले रोक लगाउने निर्णय गरेको छ ।

सिक्किम प्रदेशका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको बताए । उनले भनेका छन्, ‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ ।’

गत साता अलइण्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए । त्यसलगतै सिक्किम सरकारले उक्त चलचित्र पर्दशनमा रोक लगाएको हो ।

सिक्किममा ‘कबड्डी ४’ फिल्म आउने शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको थियो ।