एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

'संसदीय छानबिन समिति गठन गर्न माग'


ग्लोब नेपाल
1.8k
Shares

काठमाडौं । ठमाडौं । नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन गठन गर्नुपर्ने माग गरेका हुन् । यस्तै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने उनको भनाइ थियो। उनले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न मागसमेत गरेको हुन् । समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने प्रमुख भट्टराईले जानकारी दिए ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिनेक्रममा एमालेले विरोध गरेपछि भट्टराईले बोल्ने समय दिएका थिए । त्यसपछि उनले शर्माको भूमिकाको कडा आलोचना गर्दै उनको राजीनामा मागसहित छानबिन समिति बनाउन माग गरेका हुन् । त्यसपछि एमाले सांसदहरु बसेको ठाउँबाट उठेर संसद बैठक अवरोध गरेका छन् ।

यसपछि सभामुख अग्निप्रसाद सापकोटाले असार १ गते बिहान ११ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका छन्।