मन्त्री झाँक्रीलाई प्रश्न: आठ महिनामा चार डीजी कति रकम लिएर फेरेको ?

मन्त्री झाँक्रीलाई प्रश्न: आठ महिनामा चार डीजी कति रकम लिएर फेरेको ?


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई प्रतिनिधि सभाका सांसदहरुले उनको मन्त्रालयको कामलाई लिएर प्रश्नै प्रन गरेका छन् ।

बुधबार बसेको प्रतिनिध सभाको बैठकमा एमालेका दुईजना सांसदहरुले मन्त्री झाँक्री कमिशनको चक्करमा फसेको पनि आरोप लगाए। ‘कालो सूचीको फर्मलाई ५१ वटा प्याकेज ३० प्रतिशत लिएर दिएको कुरा आएको छु, उनले भनिन्, ‘कति कमिशन लिएर कालोसूचीको कम्पनीलाई दिएको हो ?’

उनले सहरी विकास विभागमा आठ महिनामा चारजना डिजी फेरिएको भन्दे प्रश्न उठाइन्। ‘एकजना बोहोरा थरका डिजीले मन्त्रीलाई मोटो रकम बुझाएर त्यहाँ आएको चर्चा छ’, उनले भनिन्, ‘कति पैसा लिनु भयो। त्यो पैसा पनि वीआरएमसीले नै व्यवस्थापन गरेको रहेछ।’

अर्की सांसद विमला विकले पनि ५१ सहरी विकासका कामको परामर्शका लागि झोले फर्मलाई काम दिएको बताएकी छन्। ‘बीआरएमसीविरुद्ध मुद्दा विशेष अदालतमा रहेछ। १५ देखि २० प्रतिशत धेरै नम्बर दिएर ५८ करोडको ठेक्का दिएको पाइयो’, उनले भनिन्, ‘यसमा कति कमिशनको खेल भयो ?’