बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटनाबारे सत्य तथ्य बुझ्नका कार्यदल बनाएको छ ।
बुधवार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाइएको हो । जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको सरकारका प्रवक्ता शर्माले जानकारी दिए ।
दाङ तुलसीपुर-४ स्थित वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गएर उनकी पत्नी मीना भण्डारी र छोरीलाई कुटपिट गरेपछि वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको अहिले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीविरुद्ध प्रहरीमा अभद्र व्यवहारको उजुरी पनि परेको छ ।


प्रतिक्रिया