स्थानीय तहको निर्वाचनमा कम्युनिष्ट मिलेको भए ५७५ पालिका जित्थ्यौं: घनश्याम भुसाल

स्थानीय तहको निर्वाचनमा कम्युनिष्ट मिलेको भए ५७५ पालिका जित्थ्यौं: घनश्याम भुसाल


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले स्थानीय तहकाे चुनावमा कम्युनिस्ट पार्टी एक भएर प्रतिस्पर्धा गरेको भए ५७५ भन्दा बढी पालिका जित्ने दाबी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित वाम आन्दोलन र अबको बाटोु विषयक बहस कार्यक्रममा बोल्दै भुसालले कांग्रेसको साथ लिएर १०६ बाट १२१ पालिका जितेका माओवादी त्यसै दंग परेको र गठबन्धनमा धोका भएको भन्दै एकीकृत समाजवादी अलमलिएको बताए । उनले जित्छौं भनेर हिँडे पनि स्थानीय चुनावमा एमालेले सोचेजस्तो परिणाम ल्याउन नसकेको बताए ।

भुसालले अहिले पनि नेपालमा वाम जनमत बलियो रहेको र अहिलेका तीन वटा कम्युनिस्ट पार्टी मिलेर लडेको भए ५७५ सिट जित्ने दाबी गरे । चुनाव आइसक्यो असम्भव छ भन्दै छन् तर म भन्छु सम्भव छ । मैले माधव र प्रचण्डसँग धेरै पटक सोधेको छु,पछिल्लो पटक कमरेड ओलीसँग सोधेको छु । बिचारमा यो प्रचण्ड र माधवजीको पार्टीसँग के चाहिँ भिन्नता हो एउटा भन्दिनुस्, भुसालले भने, सिद्धान्तमा के भिन्नता, संगठनात्मक के भिन्नता । भिन्नता छ त केबल गालीगलौज छ ।

उनले अहिले कान्लाबाट मात्रै खसेको र भिरबाट खस्न बाँकी रहेको भन्ने चिन्ता देखिएको पनि बताए। ‘अहिले हामी कान्लाबाट खसेको हो, भिरबाट खस्न बाँकी छ भन्ने चिन्ता साथीहरुको छ,’ उनले भने, ‘माथिका मान्छेको इगोको कारण यस्तो भयो भन्नेहरू पनि छन्। यो मेरो पद फुस्किन्छ कि भनेर डराइरहेका, कापिरहेकाहरूको लागि सातो फुक्ने कार्यक्रम हो।’

उनले नेकपा फुटेर लोकतान्त्रिक स्थिरताको सम्भावना बरबाद भएको पनि बताएका थिए। ‘भागबण्डाका आधारमा गरिएको गोप्य सम्झौता बाहिर आउँदा पार्टी विभाजन भयो, यसको रिस संसदमा पोखियो। संसद विघटन क्षम्य होइन, घरमा आगो लगाएर गौथली कसरी बस्छस तरु’, उनले प्रश्न गरे, ‘माछाको तेलमा माछा फ्राइ गरेजस्तै कम्युनिष्टलाई प्रयोग गरेर कम्युनिष्टलाई आक्रमण भइरहेको छ। हामीलाई भोट दिने ती गरिब, सुकुम्बासी, मध्यम वर्ग निरास छन।’