मधेस सरकारद्वारा ४६ अर्ब ८८ करोड ९ लाखको बजेट सार्वजनिक (पूर्णपाठ)

मधेस सरकारद्वारा ४६ अर्ब ८८ करोड ९ लाखको बजेट सार्वजनिक (पूर्णपाठ)


ग्लोब नेपाल
81
Shares

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष ०७९र८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बुधबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख अर्थात ४६.४४ प्रतिशत र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात् ५३.२१ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार रुपैयाँ अर्थात् ०।३५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

यो भन्दा आगामी आर्थिक वर्षको बजेट १३ अर्ब बढी हो । प्रदेश सरकारले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ । कृषि मन्त्रालयका लागि समग्रमा पोने ३ अर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री साहले बताए ।

उनले कृषि मिटरमा ७५ प्रतिशत अनुदान दिने, किसानको समस्या बुझ्न हटलाइन सेवा सञ्चालन गर्ने, सिँचाइको व्यवस्था पालिकासँगको सहकार्यमा गरिने, सामूहिक खेतीमा जोड दिइने लगायतका योजनाहरूका लागि बजेट विनियोजन गरेका छन् ।

पूर्णपाठ: