सुदूरपश्चिम सरकारको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख (पूर्णपाठ)

सुदूरपश्चिम सरकारको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख (पूर्णपाठ)


ग्लोब नेपाल
81
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ३६ लाखको बजेट सार्वजनिक गरेको छ ।

बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै ३६ अर्ब ७४ करोड बराबरको विनियोजन गरेको जानकारी दिएका छन्। बजेटमा पुँजीगततर्फ ६५ दशमल ७५ प्रतिशत र चालुतर्फ ३३ दशमलव ४६ प्रतिशत रकम विनियोज गरेको मन्त्री रावलले बताए । विनियोजित कुल बजेटमा चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख रहेको मन्त्री रावलले बताएका छन् ।

चालु आर्थिक वर्षभन्दा झण्डै ६ अर्ब बढी रकमको बजेट ल्याएको सरकारले परम्परागत शैलीकै कार्यक्रम र बजेट विनियोजन गरेको देखिएको छ । कृषि विकास र सडक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको प्रस्तुत बजेटमा सडक पूर्वाधार ५ अर्ब ६० करोड विनियोजन गरिएको छ ।

हेर्नुहोस् पूर्णपाठ: