काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले संसदबाट बजेट पारित भएलगत्तै सरकारमा सहभागि भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
बुधबार पार्टी कार्यालय आलोकनगरमा बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यसअघि बसेको सचिवालय बैठकले गरेको निर्णय अनुमोदन गर्दै बजेट पारित भए लगत्तै नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सचिवालयको निर्णयलाई स्थायी कमिटीले अनुमोदन गरेको जानकारी दिए ।
बैठकले असार १० गते पोलिटव्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको उनले बताए । खतिवडाका अनुसार १३ गते केन्द्रीय परिषद् बैठक बोलाइएको छ ।
एकीकृत समाजवादीले अहिलेको पाँच दलीय गठबन्धनलाई आगामी चुनावसम्म लैजान सम्पूर्ण प्रयत्न गर्ने समेत निर्णय गरेको समेत उनले बताए ।
प्रतिक्रिया