करका दर हेरफेरमा राष्ट्रघात र गद्दारी भए जिम्मेवारी लिन तयार छु: अर्थमन्त्री

करका दर हेरफेरमा राष्ट्रघात र गद्दारी भए जिम्मेवारी लिन तयार छु: अर्थमन्त्री


ग्लोब नेपाल
108
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर, राजश्व र भन्सार दर परिवर्तन प्रक्रियाअनुसार नै गरिएको बताएका छन् ।

बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सम्बन्धित विभागीय प्रमुख र सचिवहरू बसेर निर्धारण गर्ने प्रचलन भन्दै सोहीअनुसार करका दरहरू हेरफेर गरिएको शर्माले बताएका हुन् । ‘

राजश्वका दररेटहरूमा भएको परिवर्तनमा म पूर्ण जिम्मेवार छु । राष्ट्रघात भएको भए र कतै गद्दारी भएको भए त्यसको जिम्मेवारी लिन म तयार छु,’ अर्थमन्त्री शर्माले भने, ‘डलरको सञ्चितीलाई ध्यान दिएर र औद्योगिक उत्पादन बचाउनतर्फ अग्रसर भएर नै राजश्वका दर हेरफेर गरिएको छ ।’