सरकारको जवाफः एसपीपीमा नेपाल संलग्न छैन, संलग्न हुने योजना पनि छैन

सरकारको जवाफः एसपीपीमा नेपाल संलग्न छैन, संलग्न हुने योजना पनि छैन


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल संलग्न नहुने बताएको छ ।

विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको तर्फबाट प्रतिनिधिसभामा जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताए । उनले भने, ‘स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न छैन । संलग्न हुने सोच पनि छैन । नेपाल सरकारको तर्फबाट निवेदन गर्न चाहन्छु, नेपालको कुनै संलग्नता छैन ।’

प्राकृतिक विपदको समयमा भने मानवीय सेवाको बेलामा नेपालमा चाहेमा सहयोग लिन सक्ने बताए । २०७२ को भूकम्पको बेलामा पनि नेपालको सहमति ३४ वटा मुलुको सेना आएर उद्धारमा काम गरेको भन्दै उनले भने, ‘स्टेट पार्टनरसीप प्रोग्राममा अहिलेसम्म नेपाल संग्लन छैन । भोलि पनि हुँदैन, हुँदैन ।’

नेपाल शान्ति सेनाको दोस्रो स्थानमा रहेकाले त्यसरी खटिने क्रममा सिप आदानप्रदान गर्नु स्वाभाविक भएको उनले बताए ।