प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित


ग्लोब नेपाल
81
Shares

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक प्रतिनिधि सभाबाट बहुमतले बिहीबार पारित भएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोपसहितका प्रश्न उठाउँदै संसद् बैठक बहिष्कार गरेको अवस्थामा विनियोजन विधेयक बहुमतले पारित गरिएको हो ।

अर्थमन्त्री शर्माले बजेट विनियोजन गर्नका लागि संसद्मा प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव संसद्को बहुमतले पारित भएको हो ।