मानवीय सहायताका लागि अमेरिकालाई पत्र लेखिएको हो, सैन्य गठबन्धनका लागि होइन: प्रधानसेनापति

मानवीय सहायताका लागि अमेरिकालाई पत्र लेखिएको हो, सैन्य गठबन्धनका लागि होइन: प्रधानसेनापति


ग्लोब नेपाल
149.1k
Shares

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले भुकम्पको अप्ठयारो स्थिति सामना गर्नका लागि अमेरिकासँग मानवीय सहयोगका लागि पत्र लेखेको जनाएका छन् ।

अमेरिकन योजना स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का लागि पत्र लेखेको स्वीकार गर्दै प्रधानसेनापति शर्माले सो पत्रमा सैन्य एलाइयन्स नलेखिएको पनि जनाएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै प्रधानसेनापति शर्माले सार्वजनिक भएको १० बुँदे फरम्याट आधिकारिक नभएको पनि बताए ।

‘अहिले जुन पत्र बाहिर आएको छ , त्यो सत्य हो, चिठी लेखिएको साँचो हो तर चिठी लेख्दैमा सैन्य एलाइयन्स लेखिएको छैन, म सैन्य एलाइयन्स हुने भन्ने कुराको बिरोध गर्न चाहन्छु,’ प्रधानसेनापति शर्माले भने, ‘यो चिठी किन लेखियो भने त्यो बेला भुकम्प गए पछिको अवस्था थियो, भुकम्पमा काम गर्न अमेरिकाले मानवीय सहायता दिने भनेर लेखिएको हो, सैनिक गठबन्धन गर्ने होइन ।’

०७२ सालको भुकम्पको मानवीय क्षति पछि सहयोगका लागि सो पत्र अमेरिकन सरकारलाई पठाए पनि सैन्य एलायन्सका लागि नभएको प्रधानसेनापति शर्माले बैठकमा जानकारी दिए । ‘नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा चिठी पठाएको हो तर भुकम्पमा मानवीय सहायताबाहेक अरु उद्देश्य थिएन, हैन’ समिति बैठकमा उनले भने । 

हालै सार्वजनिक भएको १० बुँदे फरम्याटका बारेमा भने नेपाली सेनालाई कुनै जानकारी नभएको प्रधानसेनापति शर्माको भनाई छ । ‘अहिले १० बुदे आएको फरम्याट जो बाहिर आएको छ, त्यो भने नेपाली सेनालाई आएको होइन’ शर्माले समिति बैठकमा भने ।