एसपीपी नेपालको हितमा छैन, ‘च्याप्टर क्लोज’ भइसक्यो: परराष्ट्रमन्त्री खड्का

एसपीपी नेपालको हितमा छैन, ‘च्याप्टर क्लोज’ भइसक्यो: परराष्ट्रमन्त्री खड्का


ग्लोब नेपाल
243
Shares

काठमाडौं । पराराष्ट्रमन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताएका हुन् । ‘हामी सबैले एक या अनेक तरिकाले खोतल्नु आवश्यक छैन । यो नगर्ने भनेपछि च्याप्टर क्लोज भइसकेको छ । प्रधानमन्त्रीले हुँदैन भनेपछि र मैले पनि यसलाई अन्त्य गर्छौ भनेपछि थप खोतल्न कोट्याउन हुन्’ उनले भने ।

बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन् ।