आजदेखि शुक्रबार पनि सेयर कारोबार

आजदेखि शुक्रबार पनि सेयर कारोबार


ग्लोब नेपाल
243
Shares

काठमाडौं । आजदेखि शुक्रवार पनि सेयर कारोबार हुने थालेको छ । सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रवार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार आजदेखि पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्र कारोबार हुने नेप्सेले जानकारी गराएको छ । आइतबारदेखि बिहीबारसम्म दिनको ४ घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार हुनेछ ।

यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेप्सेले शुक्रबार सेयर कारोवार खुला गरेर आइतबार बन्द गर्दै आएको थियो ।