एमाले जनप्रतिनिधिको २० बुँदे संकल्पः हामी शासक होइन, जनताका सेवक हुनेछौं

एमाले जनप्रतिनिधिको २० बुँदे संकल्पः हामी शासक होइन, जनताका सेवक हुनेछौं


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले शासक नभई सेवक बन्ने घोषणासहितको २० बुँदे संकल्प गरेका छन् ।

एमालेबाट निर्वाचित स्थानीय तह प्रमुख र उप प्रमुखहरुको काठमाडौंमा भएको दुई दिने भेलाले ‘हामी शासक होइन, जनताका सेवक हुनेछौं’ घोषणासहितको २० बुँदे संकल्प प्रस्ताव पारित गरेको हो । संकल्प पत्रमा परिवार, आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने उल्लेख छ । साथै जनप्रतिनिधिले नियुक्ती, सरुवा-बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प पनि गरेका छन् ।

संकल्प प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथिमकता पनि उल्लेख छन् । २० बुँदे संकल्पपत्रमा लेखिएको छ, ‘आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छौं ।’

एमाले जनप्रतिनिधिले आफूहरुले नेतृत्व गरेको पालिकाहरु सुशासनका नमूना बनाउने पनि प्रतिवद्धता जनाएका छन् ।

हेर्नुहोस संकल्पपत्र