नेपालको लगातार दोस्रो जित, कुवेत २५ रनले पराजित

नेपालको लगातार दोस्रो जित, कुवेत २५ रनले पराजित


ग्लोब नेपाल
108
Shares

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

किनरारा ओभलमा शनिबार भएको खेलमा कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । जितको लागि १०८ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै रन ८२ मात्रै बनाउन सक्यो।

कुवेतका लागि प्रियादा मुरालीले ३१ रन जोडिन् । यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाईन्। नेपालकी सीता राना मगरले २ तथा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिईन् ।

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै सर्वाधिक ३४ रन जोडिन् । यस्तै इन्दु बर्माले अविजित २८ रन बनाईन ।

यस्तै ज्योति पाण्डेले १५ तथा बिन्दु रावलले ११ रन जोडिन् । सीता मगर र काजल श्रेष्ठले ५/५ रन जोडिन् । कुवेतकी मारिमा हेदरले २ तथा मार्यम ओमार र खादिजा खालिलले १/१ विकेट लिईन् । यस जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।

कुवेतले २ खेलमा १ अंक जोडेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो ।

अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।