एमसीसी पास नगरेको भए हाम्रो पार्टी अप्ठेरो अवस्थामा पुग्थ्योः माधव नेपाल

एमसीसी पास नगरेको भए हाम्रो पार्टी अप्ठेरो अवस्थामा पुग्थ्योः माधव नेपाल


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास नगरेको भए आफ्नो पार्टी र राजनीतिक निकै अप्ठेरो अवस्थामा पुग्ने बताएका छन्।

शनिबार युवा विशेष जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले व्याख्यात्मक टिप्पणीसहित सदनबाट एमसीसी पारित गरिएको भन्दै त्यसको उच्च मूल्याकंन गर्नुपर्ने बताए । ‘जुन सन्दर्भमा एमसिसी आयो त्यसलाई हामीले बुद्धिमानिसाथ व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित नगरेको भए हाम्रो पार्टी र नेपालको राजनीति निकै अप्ठेरो अवस्थामा पुग्थ्यो,’पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘हामीले जे गर्यौं, बुद्धिमानिका साथ गर्यौं, त्यसको हामीले उच्च मूल्याकंन गर्नुपर्छ। एमसीसी मात्र होइन, यो व्याख्यात्मक टिप्पणीसहित पास भएको हो भन्ने बुझ्नुपर्छ।’

एमसीसीका प्रसंग उठेको बेलामा आफूहरुले प्रखर आवाज उठाएको समेत उनले दाबी गरे। ‘त्यतिबेला पनि आवाज प्रखर भएर उठेको थियो, नेपाली नक्साका कुराहरु उठे त्यतिबेला पनि देशभक्तिको भावना बुलन्द भएर उठेको थियो,’ उनले भने, ‘अहिले एसपीपीको सन्दर्भमा आउँदा फेरि यो विषय नेपालको राजनीतिमा महत्वपूर्ण बनेको छ।’