अन्तर्घात गरेको आरोपमा अर्घाखाँची कांग्रेसका उपसभापतिसहित १० जना निलम्बित

अन्तर्घात गरेको आरोपमा अर्घाखाँची कांग्रेसका उपसभापतिसहित १० जना निलम्बित


ग्लोब नेपाल
108
Shares

अर्घाखाँची । स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा अर्घाखाँचीमा नेपाली कांग्रेसका जिल्ला उपसभापतिसहित १० जना निलम्बित भएका छन् ।

बीपी स्मृति भवन सन्धिखर्कमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेका १० जनालाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो । पार्टीका जिल्ला उपसभापति बाबुराम पौडेल, पूर्व क्षेत्रीय सभापति मणिराम पौडेल सहितलाई साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निलम्बन गरेको कांग्रेस जिल्ला समिति अर्घाखाँचीले जनाएकोछ।

निलम्बन हुने अरुमा पाणिनी गाउँपालिका-८ का पूर्व सभापति यज्ञप्रसाद पौडेल, भुमिकास्थानका नगरपालिका सचिव तारा घिमिरे, ढिकुराका क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे, विष्णु मरासिनी र हरिप्रसाद मरासिनी रहेका छन् ।

महाधिवेशन प्रतिनिधि सिर्जना विक, पाणिनी-८ का क्षेत्रीय प्रतिनिधि अच्युत पन्थीलाई ६ महिनाका लागि निलम्बन गरेको कांग्रेसको अनुशासन समिति अर्घाखाँचीले जनाएको छ ।