भीम रावलको प्रश्न: एसपीपीमा सहभागी हुन्‍नौँ भनेर अहिलेसम्म पत्र किन नलेखेको ?

भीम रावलको प्रश्न: एसपीपीमा सहभागी हुन्‍नौँ भनेर अहिलेसम्म पत्र किन नलेखेको ?


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेकपा एमाले सांसद भीम रावलले अमेरिकन सहयोग कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा सहभागी नहुने भनेर सरकारले अझै पत्र नलेखेको भन्दै आपत्ति जनाएका छन् ।

एसपीपीमा नेपाल सहभागी हुन नसक्ने भनेर अहिलेसम्म पत्र नलेखेको भन्दै रावलले प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सबन्ध समितिले नै सरकारलाई पत्र लेख्नका लागि निर्देशन दिनुपर्ने मागसमेत गरेका छन् ।

‘एसपीपीबारे प्रधानमन्त्री स्वयंबाट जवाफ माग गरिरहेका थियौं, समितिको बैठकमा जवाफ दिन प्रधानमन्त्री आउन पर्दैन रु उहाँ नआउँदा आशंका भइहाल्छ,’ रावलले बैठकमा भने, ‘एसपीपीमा संलग्न हुन्‍न, हुने छैनौँ भनेर पत्र लेख्नुपर्छ, सरकारले अहिलेसम्म किन अमेरिकालाई पत्र नलेखेको रु त्यसैले यो बैठकले प्रधानमन्त्रीलाई तत्काल अमेरिकालाई एसपीपीमा रहन्नौ भनेर पत्र लेख्न निर्देशन जारी गरौँ ।’