काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहितमा आघात पुग्ने खालका कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने प्रतिबद्धता जनाएको बताएका छन् ।
आइतबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा अध्यक्ष नेपालले प्रधानमन्त्रीले आफूहरुसँगको छलफलमा राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन’ उनले भने, ‘यति क्याटागोरीकल्ली बोलिसकेपछि, गृहमन्त्रीले पनि संसदमा बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन ।’
अध्यक्ष नेपालले यसका बाबजुद जनतालाई पनि सजग गराइरहनुपर्ने बताए । अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकारको विषयलाई लिएर अहिले विवाद भइरहेको छ ।
अध्यक्ष नेपालले एसपीपी फिर्ता लिने वा नलिने विषयमा सत्तारुढ गठबन्धनमा विस्तृतमा छलफल नभएको बताए।
प्रतिक्रिया