गाडी भाडा फेरि बढ्यो, कहाँ जान कति लाग्छ ? (सूचीसहित)

गाडी भाडा फेरि बढ्यो, कहाँ जान कति लाग्छ ? (सूचीसहित)


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । गए रातिदेखि पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधन (गाडी)को भाडा बढाएको छ ।

विभागले सोमबार एक सूचना निकाल्दै, अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो । यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले जनाएको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने गरेको छ ।

हेर्नुहोस् कहाँ जान कति लाग्छ भाडा ?