अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षसँग प्रचण्डले भने- तपाईंहरुले त ठोकिदिनु भएछ नि !

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षसँग प्रचण्डले भने- तपाईंहरुले त ठोकिदिनु भएछ नि !


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । अनेरास्वियु क्रान्तिकारीको असन्तुष्ट पक्षले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संगठनमा देखिएको विवादबारे छलफल गरेको छ । 

सोमबार असन्तुष्ट पक्ष प्रचण्डसँगको भेटवार्ताका लागि उनको निवास पुगेको थियो । भेटमा प्रचण्डले विवाद नगरि अघि बढ्न आग्रह गरेका थिए । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा आइतबार कुटाकुट भएको थियो । आइतबार तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो।

बैठकमा हो हल्ला र लफडा भएपछि कार्की लगायतलाई प्रहरीले बैठकबाट निकालेको थियो । उक्त समूह निस्किएपछि क्रान्तिकारीको बैठक सुचारु भएको थियो । तर समस्याकाबीच बैठक बसेको भन्दै कार्की समूह प्रचण्ड निवास पुगेको हो । 

विधानमा १९९ सदस्यीय कमिटीको व्यवस्था भए पनि अध्यक्ष पञ्चा सिंह पक्षले २९९ सदस्यीय र २५ जना पदाधिकारी हुनु पर्नेमा ४१ जनाको नाम पेस गरेका कारण समस्या भएको कार्की समूहले अध्यक्ष प्रचण्डसँग भनेको थियो । विधान अनुसार अघि बढौं भन्दा आफूहरुलाई रोक्न खोजिएको भन्दै उनीहरुले प्रचण्डसँग असन्तुष्टि पोखेका थिए । थप गर्नु पर्ने भए विधान परिषद् बोलाउनु पर्छ त्यसबाट अनुमोनद नगरी थप गरिए अवैध हुने उनीहरुको भनाइ थियो । 

जवाफमा प्रचण्डले विवाद समाधन गरेर अघि बढ्नु पर्ने बताएका थिए । आफूले विवादको खबर पाएपछि रोक्नू भनेर निर्देशन दिएको भन्दै प्रचण्डले प्रश्न गरे,’ बैठक रोकिएन ?’ प्रचण्डको भेटबारे जानकारी दिँदै कार्कीले अध्यक्षको निर्देशन विपरित बैठक भएको बताए । 

बैठक स्थलमा भएको झडपबारे पनि प्रचण्डले प्रश्न गरेका थिए । उनले आक्रमणमा उत्रिएको भन्दै असन्तुष्ट पक्षसँग भने, ‘तपाईंहरुले त ठोकिदिनु भएछ नि !’