सङ्घ र प्रदेशमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नेहरूको सङ्ख्या बढ्दो

सङ्घ र प्रदेशमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नेहरूको सङ्ख्या बढ्दो


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सङ्घ र प्रदेशको निर्वाचनको मिति तोक्न बाँकी नै रहेको अवस्थामा स्वतन्त्र रूपमा उम्मेद्वारी दिने घोषणा गर्नेहरूको सङ्ख्या बढिरहेको छ । आउँदो मंसिरको पहिलो साता संघ र प्रदेशसभाको चुनाव हुने निश्चित भएपनि मिति तोक्न भने बाँकी नै रहेको छ ।

यसअघि बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकासहित केही उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका र वडाहरूमा समेत स्वतन्त्र उम्मेद्वारहरू विजयी भएपछि आउँदो चुनाबमा उम्मेद्वारी दिन चाहनेहरू बढिरहेका छन् ।

खासगरी काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा चुनाव लड्न चाहनेहरू बढिरहेका छन् । तर राजनीतिक विश्लेषकहरूले भने रहर मात्रै गरेर चुनावमा उठ्नुभन्दा आफू उठ्न लागेको निर्वाचन क्षेत्रको बारेमा अध्ययन गरेर, त्यहाँको वास्तविकता र आवश्यकताको बारेमा थाहा पाएर मात्रै उम्मेद्वारी दिन अनुरोध गरेका छन् ।