काठमाडौं । बेरोजगार समस्या समाधानका लागि सरकारले बर्सेनि १ लाखलाई रोजगारी दिने गरी रणनीतिक योजना बनाउन सुरु गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९/०८० बाट सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर बेरोजगारीको दर घटाउनका लागि आगामी चार वर्षको अवधिमा ४ लाखलाई रोजगारी दिने गरी योजना बनाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
सरकारले रणनीतिक योजना बनाएर प्रधानमन्त्री रोजगार र युवा स्वरोजगार कार्यक्रम लगायतलाई प्रवद्र्धन गर्दै काम अघि बढाउने मन्त्रालयका योजना शाखा प्रमुख रामचन्द्र ढकालले जानकारी दिए । उनले विदेशबाट फर्केका र स्वदेशमै रहेकालाई आन्तरिक रोजगार प्रवद्र्धन गर्नका लागि योजना बनाइरहेको पनि बताए ।
आगामी पाँच आर्थिक वर्ष अर्थात् २०७९/०८० देखि २०८३/०८४) सम्ममा सरकारले वर्षमा १ लाखका दर जम्मा ४ लाख व्यक्तिलाई रोजगारी दिने लक्ष्य लिएको छ । तर, कतिपयले भने सङ्घीय सरकारको यो रणनीतिक योजना सानो र साँघुरो भएको भन्दै आलोचना गरिरहेका छन् ।
प्रतिक्रिया