हाम्रो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ र सम्बन्ध विगार्ने कुरा होइन: ओली

हाम्रो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ र सम्बन्ध विगार्ने कुरा होइन: ओली


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मिचिएको भुभाग फिर्ता चाहियो भन्नु छिमेकीसँगको अर्घेल्याइँ र सम्बन्ध विगार्ने कुरा नभएको बताएका छन् ।

पूर्वराजदूत समूहसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले छिमेकी देशहरूसँगको सम्बन्ध भरपर्दो र विश्वसनीय हुनुपर्ने भन्दै आफ्नो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ नभएको बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा सुगौली सन्धिपछि १४६ वर्षसम्म नेपालले भोगचलन गरेको भूभाग भएको बताए । उनले अघि भने, ‘हाम्रो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ होइन, सम्बन्ध विगार्ने कुरा पनि होइन ।’

एउटा समय सन्दर्भमा कालापानीमा भारतीय फौज आएर बसेको भन्दै उनले अघि भने, ‘कालापानीमा भारतीय फौज भएकाले त्यसभन्दा उता लिम्पियाधुरा र लिपुलेकमा नेपाली प्रवेश गर्नै सकेनन् । यो यथार्थ हो । अहिले नेपालीले भन्न सकेनन् भने पनि अलिपछि भन्छन्, भन्नैपर्छ ।’