बुधबारदेखि जहाज र हेलिकप्टर नचलाउने वायु सेवा सञ्चालक संघको घोषणा

बुधबारदेखि जहाज र हेलिकप्टर नचलाउने वायु सेवा सञ्चालक संघको घोषणा


ग्लोब नेपाल
135
Shares

काठमाडौं । वायुसेवा सञ्चालक संघले असार ८ गते बुधबार (भोलि) देखि आन्तरिक तथा बाह्य सबै उडान बन्द गर्ने निर्णय गरेको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर नचलाउने निर्णय गरेको हो। सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने भनी गरेको निर्णयको विरोधमा संघले यस्तो निर्णय गरेको हो।

संघका अनुसार ५ बुँदे माग सम्बोधन नभएसम्म अनिश्चितकालसम्म हवाइ उडान बन्द भएको हो। यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग संघको छ ।

नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउनका लागि सरकारले यथाशीघ्र पहल हुनुपर्ने माग संघको छ । युरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचीमा राखिएबाट देशका सम्पूर्ण पर्यटन क्षेत्र नै तहन नहस भएको संघको भनाइ छ ।

यद्यपि टिकट काटेको पैसा फिर्ता हुने संघले जनाएको छ। संघका अध्यक्ष रामेश्वर थापाले वायुसेवामाथि इतिहासमै पहिलोपटक दमन सुरु भएकाले त्यसविरुद्ध आन्दोलनमा उत्रिनुपरेको बताए। नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुमाथि दमन गरेको उनको दाबी छ।

प्राधिकरणको दमनले ४० अर्ब रूपैयाँ लगानी भएको वायुसेवा धराशायी हुने उनले बताए। सोही कारण असार ८ गतेबाट सबै उडान बन्द गर्ने निर्णय गर्नुपरेको उनले बताए।

यस्ता छन्, ५ बुँदे माग: