न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक !

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक !


ग्लोब नेपाल
81
Shares

काठमाडौं । साढे ५ अर्ब बढी ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई छाड्न वकिलसँग घुस बार्गेनिङ गरेर विवादमा परेका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कार्यसम्पदानमा रोक लगाइएको छ ।

न्यायपरिषद्‍को बुधबार बसेको बैठकले उनीमाथि छानबिन प्रक्रिया पूरा नहुँदासम्म कुनै पनि कार्यसम्पादन गर्न नपाउने निर्णय गरेको हो ।

कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनको अडियो रेकर्ड सार्वजनिक भएपछि न्यायपरिषद्‍को बैठक बुधबार बसेको थियो । बैठकले उक्त प्रकरण छानबिनका लागि परिषद्‍का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई ४५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनु पर्ने समयसीमा तोकिएको न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

इच्छाराजलाई छुटाउने नाममा अधिवक्ता रुद्र पोखरेलले कोइरालासँग घुस बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि विवाद बढेको थियो। उक्त अडिओमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौला पनि जोडिएका थिए।

अधिवक्ता पोखरेलले तामाङलाई १० करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गराउन उनीहरुसँग पनि कुरा गर्ने बताएका थिए।