खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाहीका लागि सिफारिस गर्न आयोगको निर्देशन

खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाहीका लागि सिफारिस गर्न आयोगको निर्देशन


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरुले खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचन ऐन र नियमावलीअनुसार परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारले खर्च विवरण बुझाउनु पर्ने हुन्छ । स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो ।

काठमाडौं महानगरपालिकाको सबैभन्दा ढिलो जेठ १२ मतपरिणाम घोषणा भएको थियो । यस अनुसार पनि असार १२ भित्र सबै उम्मेदवारले खर्च विवरण बुझाई सक्नुपर्ने हुन्छ ।

आयोगले निर्वाचन कार्यालयलाई निर्देशन दिँदै भनेको छ, ‘हालसम्म सम्बन्धित उम्मेदवारले कानुनबमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण बुझाएरनबुझाएको एकिन गरी निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टै तयार गरी आवश्यक कारबाहीको लागि सिफारिससहित आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ’