विप्लव नेतृत्वको नेकपाका चार नेताले दिए सामूहिक राजीनामा

विप्लव नेतृत्वको नेकपाका चार नेताले दिए सामूहिक राजीनामा


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटव्युरो सदस्य सेती(महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित चार जना नेताले सामूहिक राजीनामा दिएका छन् ।

जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य रमेश परियारले सामूहिक राजीनामा दिएका हुन् ।

अहिलेसम्म कुन पार्टीमा जाने भन्ने उनीहरुले खुलाएका छैनन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुराना माओवादी एकै ठाउँ हुने दिन आएको बताएको केही दिनपछि विप्लवबाट केही नेताले राजीनामा दिएको चर्चा छ ।

त्यसो त गत बैशाखमा नेकपाकै धर्मेन्द्र बाँस्तोलाले विप्लवलगायतका नेतालाई कारबाही गरेर नेकपा (बहुमत) गठन गरेका थिए।

नेकपा महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै बास्तोलाले आफ्नै संयोजकत्वमा २६ वैशाख २०७९ मा नेकपा बहुमत गठन गरेका थिए।